Logo

सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको : प्रकाशमान सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनैतिक, र नैतिकदृष्टिकोणबाट सरकारमा रहिरहने बैधानिकता गुमाई सकेको बताउनुभएको छ ।

सोमबार नेपाल प्रेस युनियन काठमाडौ शाखाले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा उहाले संबिधान मिच्ने अनि सरकारमा बसिरहने सरकारसँग नैतिकता नै नरहेको बताउनुभएको हो ।

नेता सिंहले सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको समेत बताउनुभयो ।

उहाले सरकारले बिकास निमार्णका कार्य केहि नगर्ने तर जनतामा बिकास भएको भ्रम सिर्जना गरिएको आरोप पनि लगाउनुभयो ।

नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष बिपुल पोखरेलले सरकारको प्रेस विरोधी कदम बिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताउनुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्