Logo

खगेन्द्र संग्रौला ४ लाख रूपैयाँको ’पहिचान सम्मान’बाट सम्मानित


लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालाई पहिचान पुरस्कार कोषले सम्मान गरेको छ । संग्रौलालाई पहिचान पुरस्कार कोषले ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्रसहित ’पहिचान सम्मान’बाट सम्मानित गरेको हो ।

लेखक तथा राजनीतिक विश्लेषक संग्रौलालाई शनिवार काठमाडौंस्थित एक कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गरिएको हो । संग्रौलालाई नरेश काङमाङ, रामकुमारी झाँक्री, अजम्बर काङमाङले पहिचान सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा वैरागी काइला उपस्थित नभए पनि उनले अडियो सम्बोधन गर्दै संग्रौलाका बारेमा बोलेका थिए ।
लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्‍याएकाले संग्रौलालाई सम्मान गरिएको पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङले जनाएको छ ।

२०७२ सालमा बेलायतमा स्थापित यो संस्थाले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पुर्‍याउने लेखकलाई बर्सेनि पुरस्कृत गर्दै आएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्