Logo

वेदभन्दा अघि मुन्धुम लेखिएको हो – सौरभ (भिडिओ)


लेखक तथा विश्लेषक सौरभ

काठमाण्डौ-लेखक तथा विश्लेषक सौरभले एक भिडियो मार्फत वेदभन्दा अघि मुन्धुम लेखिएको बताएको छन ।

लेखक तथा विश्लेषक सौरभको पुस्तक ‘असहमति ३’ सार्वजनिक भएको छ।

देशभरका पुस्तक पसलमा आज शनिबारदेखि उपलब्ध ६ वटा खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेखहरू समावेश छन्।

बुक-हिल पब्लिकेसनले सार्वजनिक गरेको उनको पुस्तक लोकार्पणको भिडियोमा उनले वेदभन्दा अघि मुन्धुम लेखिएको समेत बताएका छन्।

उनी भन्छन्, ‘तैत्तिरीय संहिता भनेको मुन्धुम नै हो। आफूलाई नेपालीहरूले आफैं चिन्नु पर्‍यो।’

विषयको विविधता रहेको पुस्तकमा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक-राजनीतिक डिस्कोर्सप्रति विमति जनाएका छन्।

इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, सभ्यता, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफको रूपमा आएको ‘असहमति ३’ ले पाठकको मन जित्नेसमेत उनले विश्वास लिएको बताएका छन्।

‘असहमति ३’ को लोकार्पण भिडियोमा सौरभले एमसिसीले नेपाललाई कालान्तरमा सिध्याउने बताएका छन्।

आरआई, बिमेस्टेक, एमसिसीजस्ता पश्चिमाहरूका लगानीले साना मुलुकमाथि नि’रंकुशता बढ्छ र एकदिन त्यसले राष्ट्रको अ’स्मितामाथि प्रश्नचिह्न खडा गर्छ समेत भिडियोमा बताएको छ्न ।

३ सय पृष्ठको पुस्तकको बजार मूल्य मोटो गाता ७ सय र पातलो गाता ५ सय रुपैयाँ रहेको छ। असहमति शृंखलाको लेखकको यो तेश्रो पुस्तक हो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्