Logo

एमसीसीलाई अघि बढाउने बिषयलाई संसदमा अघि बढाउन सहयोग गर्न आग्रह : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस–१९ को समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा उहाँले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या समाधान गर्न सुझाव माग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले संसद्मा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत बताउनुभयो ।

त्यस्तै उहाले एमसीसीलाई अघि बढाउने बिषयलाई संसदमा अघि बढाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै अहिलेको अवस्थामा राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिनुभएको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

संक्रमण रोकथामका अरु विधिलाई प्रभावकारी बनाइनुपर्ने तर लकडाउनमा जान नहुने सुझाव आफूहरुले प्रधानमन्त्रीलाई दिएको कांग्रेस वरिष्ठ नेता पौडेलले बताउनुभयो ।

पौडेलले कांग्रेसका पालामा भएको एमसिसी सम्झौता अनुमोदन गर्न भइरहेको ढिलाइप्रति पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।

यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा कोरोना भाइरसको महामारी नियन्त्रणका उपायहरु, रिक्त प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीयतहका पदमा गर्ने उप निर्वाचनबारे छलफल भएको जानकारी दिनुभयो ।

संसदमा अड्किएका बिजनेश तथा पछिल्ला राजनीतिक विषयमा कुराकानी भएको उहाले बताउनुभयो ।

एमसीसी संसदमा अड्किएको अवस्थामा सभामुखले आफ्नो अधिकार भन्दा बाहिर गएर रोकेकोले त्यस विषयमा पनि छलफल भएको र कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसबारे छलफल गर्ने कुरा भएको उहाले बताउनुभयो ।

त्यस्तै उहाले माओवादीका नेताहरुलाई बैठकका बारेमा खवर नगरिएको भन्ने झुट भएको बताउनुभयो ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी हुनुहन्थ्यो ।

बैठकमा नेकपा माओवादी केन्द्रका कोही पनि नेता सहभागी भएनन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्