Logo

निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : गोपाल किराँती


विराटनगर । नेकपा (माओवादी) अध्यक्ष गोपाल किराँतीले नेपालको निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

‘निर्वाचन प्रणाली दलाल पुँजीवादी छ,’ उनले भने, ‘यसलाई खारेज गरेर समाजवादी निर्वाचन प्रणाली लागू गर्नु पर्छ ।’

निर्वाचन प्रणाली महङ्गो भएको बताउँदै उनले बैदेशिक ऋणले नेपाललाई खोक्रो बनाएको बताए ।

ऋणले लोभले करप्सन बढाएको बताउँदै उनले आफ्नो पार्टी नेतृत्वमा आए विदेशी ऋण खारेज गरिने बताए ।

‘ हामीले सरकार बनेको खण्डमा सम्पूर्ण वैदेशिक ऋण खारेज गर्ने र एक रुपैँया पनि विदेशी ऋण नलिने संकल्प गर्छौं,’ उनले भने,‘ विकासका लागि स्थानीय तहलाई सशक्त बनाउनुपर्छ ।’

उनले विद्यमान निर्वाचन प्रणालीलाई हटाएर २० प्रतिशत सांसदहरू मजदुरबाट र ६५ प्रतिशत किसानबाट चुनिने समाजवादी निर्वाचन प्रणाली लागू गर्नुपर्ने तर्क पेश गरे । बाँकी मात्रै पूँजीपति वर्गलाई छोड्नुपर्ने उनले बताए ।

सरकारले चुच्चे नक्सा सार्वजनिक गरेर राम्रो काम गरेको उनले बताए । सुगौली सन्धीको खारेजी गर्दै टिष्टा काँगडासम्मको नेपाल निर्माणका लागि सबै नेपाली सशक्त रुपमा अघि बढ्नुपर्ने उनले आग्रह गरे ।

आफूहरू निर्वाचनकै पक्षमा रहे पनि आफ्नो गठबन्धन नीति मिल्ने दलहरूसँग मात्रै हुने किराँतीले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्