Logo

कोरोना कहर बारेमा थामी महिला समूहमा मनोवैज्ञानिक परामर्श


हिरा थामी

सिन्धुपाल्चोक। कोरोना कहरले वर्ष दिन सबै जनताहरुमा तहस नहस बनाई केही राहत महशुष गर्न नपाई फेरी कोरोनाको त्रा’स समूदायहरुमा पर्न थालेको छ।

नेपाल सरकारले विद्यालय वन्द गर्ने वा के गर्ने, साथै सबै जनताहरु सचेत रहनुपर्ने, मानिसहरु २५ जना बढी भिडभाड हुन नहुने लगायतको सूचनाहरु जारी गरेसँगै जनताहरुमा त्रास छाइरहेको छ ।

यसकारण विगत करिब १८ महिनादेखी विश्वमा फैलिएको कारोना त्रास र यसले पारेको ज्यान सम्म जाने भएको कारण आदिवासी समूदायहरुमा अझ धेरै त्रा’स पर्न थालेको छ ।

कोरोना कहर बारेमा थामी महिला समूहमा मनोवैज्ञानिक परामर्श

स्थानिय समूदायहरुमा मेडिकल उपचार, अस्पताहरु नहुने हुनाले उक्त समयमा कसरी आफुलाई व्यवस्थापन गरेर राख्ने भन्ने बारेमा तथा कोरोनाबाट कसरी सजक रहन सकिन्छ र आत्मवल बढाउन सकिन्छ भन्ने बारेमा थामी महिलाहरुमा मनोवैज्ञानि परामर्श कार्यक्रम संचालन गरिएको समूहका पकली थामीले बताइन् ।

विगत २ वर्ष देखी आदिवासी थामी महिलाहरुलाई चेतना, अभिवृद्धि, क्षमता विकास, नेतृत्व विकास लगायत अधिकारमुखी कार्यक्रमहरु संचालन गर्दै आउने क्रममा उक्त कार्यक्रम आदिवासी जनजाति महिला युवा संजालको समन्वयमा संचालन गरिएको सहभागी रिता थामीले बताइन् ।

कोरोना कहर बारेमा थामी महिला समूहमा मनोवैज्ञानिक परामर्श

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्