Logo

खामाखा खार्चुङ समाजले नयाँ वर्ष २०७८ को क्यालेन्डर सार्वजनिक गरे


काठमाडौं, ३ वैशाख – खामाखा खार्चुङ समाजले नयाँ वर्ष २०७८ को क्यालेन्डर सार्वजनिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

खामाखा खार्चुङ समाज केन्द्रीय कार्य समितिको आयोजनामा काठमाडौंको चावहिलस्थित अक्सब्रिज कन्सल्टेन्सीमा भएको नयाँ वर्ष २०७८ सालको क्यालेन्डर सार्वजनिक तथा शुभकामना आदान-प्रदान कार्यक्रम हलेसी तुवाचुङ नगरपालिका वडा नं-७ का वडा सदस्य निरज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

संस्थाका पदाधिकारीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निरज बस्नेतले कार्यक्रममा सहभागी सबैलाई नयाँ बर्षको शुभकामना प्रदान गर्दै खामाखा खार्चुङ समाजले स्थापनाकालदेखि नै रचनात्मक काम र कार्यक्रमहरु गर्दै आएको कुराको साक्षी आफु रहेको र भावी दिनहरुमा वडा नं-७ को सदस्यको हैसियतले र व्यक्तिगत तवरले खामाखाको लागि गर्नुपर्ने सहयोग गर्ने प्रतिद्धता जनाए ।

बिशेष अतिथि गायिका रश्मी राईले खामाखा खार्चुङ समाजप्रति आफ्नो गहिरो सम्बन्ध रहेको र संस्थाको हरेक कार्यक्रमहरुमा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्दै संस्थाको अझ प्रगतिको कामना गरेका थिए ।

कार्यक्रमका सभापति खामाखा खार्चुङ समाजका उपाध्यक्ष जीवनजित राईले संस्थाको कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबै महानुभावहरुप्रति आभार र धन्यवाद प्रकट गर्दै भविष्यमा पनि यसैगरी निरन्तर सहयोग सल्लाह सुझाव पाउने अपेक्षा र विश्वास रहेको बताए ।

कार्यक्रममा फुलन्देको आमा ( नया ) र गायिका रस्मि राईले आ -आफ्नो प्रस्तुति पनि गरेको थिय ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्