Logo

यौनिक तथा लैङ्किक अल्पसंख्यक समूहमा कोरोनाबारेमा चेतना कार्यक्रम सम्पन्न


विना राई, काठमाडौं – कोभिड–१९ ले सबै समूदायहरुमा विश्वर असर पारिरहेको वेला, अझ धेरै असर यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूहमा अझ धेरै असर परेकोले उक्त समूहमा सचेतनामूलक तथा आत्मवल बढाउने किसिमले कोरोनाको नकारात्मक प्रभाव तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। आदिवासी जनजाति महिला युवा संजालले समन्वय गरेको उक्त कार्यक्रम निल हिरा समाजको सदस्य तथा कार्यकर्ता भक्ति साहको संयोजनमा सम्पन्न भएको संजालको अध्यक्ष रिसा श्रेष्ठले बताइन् ।

कार्यक्रममा सहभागीहरुले आफुहरुलाई खान र बस्न सम्सया परेको, घरबेटीले घरबाट निकालेको आफुहरुले मानसिक तनाब भोग्नु परिरहेको, माासिक समस्या झेली रहेका कुराहरु सहभागीले बताए ।

सहभागीहरुले थप्दै यो लकडाउन अवधि भरि उक्त समूहका हाम्रा १६ जना साथिहरुले आत्महत्या गरेको, २२ जनाले अहिले पनि मानसिक समस्या झेलिरहेको बताए ।

ज्यान गुमाएकाहरुको समस्या भनेको विशेष आर्थिक समस्या रहेको र ५ दिन सम्ममा खाना खान नपाएर र आफ्नो जीवन साथी पनि भोकै बस्नु परेका कारण उनीहरुले आत्माहत्या गर्नु परेको बताए । हाल अरु साथिको ब्याथा पनि त्यही नै थियो उनिहरुले भनेका थिए ।

लकडाउनको समयमा २४ सै घण्टा घर परिवारसँगै बस्नु परेकोले परिवारले हरेक हाउभाउ थाहा पाएर पनि उनिहरुलाई परिवारले विबाहको दबाब दिएको र त्यहि सहन नसकेर पनि धेरैले आत्माहत्या गर्नु परेको रमानसिक रोग भोग्नु परेको कुरा सहभागीले बताएका थिए ।

कार्यक्रममा सहभागीहरुलाई मनोवैज्ञानिक रुपमा आत्वल बढाउन तथा विश्वको नै परिवेश यस्तै रहेको र सबै मानव समूदायहरुले उस्तै समस्या झेली रहेको बारेमा स्रोत व्यक्तिले उक्त सहभागीहरुमा हौसला तथा प्रोत्साहन हुने कुरा छलफल र सहजीकरण मार्फत गरिएको भक्ति साहले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्