Logo

तेस्रो लिङ्गिय समूदायलाई कोभिड–१९ बारेमा मनोवैज्ञानिक परामर्श कार्यक्रम


उमा श्रेष्ठ
कोरोना महामारीले विश्वभर सबै समूदायहरुलाई नकारात्म रुपमा प्रभाव पारिरहेको छ तर अझै धेरै असर तेस्रो लिङ्गिय यौनिक, अल्पसंख्यक समूदायहरुलाई परिरहेको छ ।

यही महामारीमा १६ भन्दा बढी उक्त समूहले आत्महत्या गरेको २२ भन्दा बढी मानसिक समस्या भइरहेकोले उक्त समूहलाई मनोवैज्ञानिक रुपमा आत्मवल बढाउन मनोवैज्ञानिक रुपमा हौसला प्रदान गर्न मनोवैज्ञानि परामर्श कार्यक्रम आदिवासी जनजाति महिला युवा संजालले, उक्त समूहका अभियान्तक भक्ति साहको संयोजनमा सम्पन्न गर्यो ।


कार्यक्रममा सो समूहको १५ जना प्रत्यक्ष रुपमा सहभागीता र अप्रत्यक्ष रुपमा ५ बढी सहभागीहरुले उक्त कार्यक्रमबाट मनोपरामर्श लिएका थिए ।

कार्यक्रममा विभिन्न समूदायहरुमा परेको असर तथा सबै समूदायले खेपीरहेको समस्या भएकोले यो प्राकृकित रुपमा भएको हुनाले यसलाई अनुकुलनको रुपमा व्यहोर्नुपर्ने तथा यसलाई अनुकुलन गर्नुको अर्को विकल्प नभएकोले आत्मवलका साथ तयारी हुने, खानपान, साथीभाईसँग छलफल हुने लगायतको मनोवैज्ञानिक परामर्श कार्यक्रम सम्पन्न गरिएको सहजकर्ता भक्ति साहले बताइन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्