Logo

अमेरिकी चेतावनीका बाबजुद चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश


बीबीसी । ताइवानले आफ्नो हवाई क्षेत्रमा अहिलेसम्मकै धेरै चिनियाँ लडा’कु विमान प्रवेश गरेको बताएको छ ।

सोमबार लडा’कु र परमाणु–सक्षम बमवर्षकसहित २५ चिनियाँ विमान आफ्नो ‘वायु रक्षा पहिचान क्षेत्र’मा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

चीनले ताइवानलाई आफ्नै हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई सार्वभौम राष्ट्रका रूपमा लिने गरेको छ ।

अमेरिकाले पनि ताइवानमा हस्तक्षेप नगर्न भन्दै चीनलाई चेतावनी दिने गरेको छ । अमेरिकी चेतावनीका बाबजुद चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका हुन् ।

चिनको पछिल्लो मिसनमा १८ लडाकु विमान, परमाणविक हतियार बोक्न सक्ने ४ बमवर्षक, पनडुब्बीको आक्रमण रोक्ने २ विमान र प्रारम्भिक चेतावनी दिने एक विमान रहेको ताइवानले जनाएको छ ।

चिनियाँ विमानलाई चेतावनी दिन आफूहरूले लडा’कु विमान र निगरानीका लागि मिसाइल सिस्टम तैनाथ गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय चीनले ताइवानको दक्षिणी भाग र दक्षिण चीन सागरको बीचको अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियमितजसो उडान भरिरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्