माई सेकेण्ड टिचरले एक वर्षको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई प्रायोजन गर्दै
नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई मोबाइल एप्लिकेसन माई सेकेण्ड टिचरले गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार माई सेकेण्ड टिचरको आईएनजी ग्रुपसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो ।
माई सेकेण्ड टिचरले एक वर्षको लागि राष्ट्रिय टिमको जर्सीलाई प्रायोजन गरेको हो ।
सम्झौतासँगै नेपाली टिमको जर्सीमा माई सेकेण्ड टिचरको लोगो रहनेछ ।
यस्तै आईएनजी ग्रुप र इस्लिङ्गटन कलेजको लोगो प्रयोग गर्नेछ ।
नेपालले बैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दैछ ।
उक्त सिरिजमा नेपालले नयाँ जर्सी प्रयोग गर्ने छन् ।
टियु क्रिकेट मैदानमा आयोजना हुने टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ४ गते खेल्नेछ । कार्यक्रममा नेपाली टिमको जर्सी समेत सार्वजनिक गरिएको थियो ।
आईएनजी ग्रुपका संस्थापक तथा माई सेकेण्ड टिचरका सहसस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गरे ।
कार्यक्रममा कप्तान मल्लले यस्ता प्रायोजनहरुबाट नेपाली क्रिकेट माथि उठ्ने विश्वास व्यक्त गरे ।
नेपाली टिमका मुख्य प्रशिक्षक डेव वाट्मोरले नेपाली क्रिकेटले यस्ता प्रायोजक वर्षौंसम्म पाउनु पर्ने बताए ।
एडप्याड तथा एएनएस ग्रुपका अध्यक्ष सुदिप थापाले यस कार्य सुरुवात मात्र भएको बताए ।



