Logo

राष्ट्रवाद देखाएर चुच्चे नक्सा पनि गायब


नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले मेलम्ची देखाएर पेट्रोल र डिजेलको भाउ बढाइएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद महतले यस्तो बताएका हुन् ।

“सभामुख महोदय, मेलम्ची देखाएर पेट्रोल र डिजेलको भाउ बढाइएको छ ।

धरहरालाई देखाएर यहाँ डण्डी र सिमेन्टको भाउ बढाइएको छ,” उनले भने, “विकास र समृद्धि देखाएर नुनतेल, चामल र दालको मूल्य बढाएर जनताको ढाड सेकिएको छ ।

पार्टीभित्रको विवाद देखाएर संसदको ढाड नै भाँचिएको छ ।” उनले राष्ट्रवाद देखाएर चुच्चे नक्सा पनि गायब भएको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्