Logo

नेपाल क्रिकेट संघ र वाइवाइको उत्पादक चौधरी ग्रुपबीच पाँच वर्षका लागि सम्झौता


नेपालको अन्डर नाइन्टीन पुरुष क्रिकेट टिमलाई वाइ वाइले प्रायोजन गरेको छ ।

नेपाल क्रिकेट संघ क्यान र वाइवाइको उत्पादक चौधरी ग्रुपबीच सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पाँच वर्षका लागि सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा क्यानका अध्यक्ष चन्दले क्रिकेट क्षेत्रको बिकास र खेलाडीको मनोवल बढाउन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाले क्रिकेट क्षेत्रलाई सहि बाटोमा ल्याउन आफुहरु आत्तुर रहेको जिकिर गर्नुभयो ।

त्यस्तै चौधरी ग्रुपका प्रवन्ध निर्देशक चौधरीले क्रिकेटसँग फेरि जोडिन पाउँदा आफू उत्साहित भएको बताउनुभयो ।

सिनियर टिमका लागि अन्डर नाइन्टीन टिम भविष्य रहेकाले पनि आफूहरु सहयोगका लागि तयार रहेको उहाले बताउनुभयो ।

वाइ वाइले यसअघि नेपालको अन्डर सिक्सिटीन टिमलाई प्रायोजन गरेको थियो ।

नेपाली क्रिकेट टिमलाई सन् २००५ देखि सहयोग गर्दै आएको वाइवाइले विभिन्न प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आएको छ ।

यसैगरी अन्डर नान्टीनका इभेन्टमा पनि वाइ वाइले सहयोग गर्ने छ ।

सम्झौता अनुसार प्रत्येक बर्ष १० प्रतिशतका दरले रकम बृद्धि हुने पनि जनाइएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्