Logo

वर्तमान सरकारको सम्पूर्ण ध्यान मुलुकको बिकास र समृद्धिमा रहेको छ : बसन्तकुमार नेम्बाङ


भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले वर्तमान सरकारको सम्पूर्ण ध्यान मुलुकको बिकास र समृद्धिमा रहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा नेपाली निर्माण व्यवसायी महासंघको २२ औं साधारण सभामा उहाले मुलुकको बिकासको यात्रामा निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुने पनि बताउनुभयो ।

मन्त्री नेम्वाङले बृहतिकरण बिकासको अवधारणमा अघि बढ्ने उल्लेख गनुृभयो ।

उहाले राज्यले पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकता दिएकाले नै पछिल्ला वर्षहरूमा यस क्षेत्रमा ठूलो विकास भइरहेको उल्लेख गर्नुभयो ।

मन्त्री नेम्वाङले मुलुकको बिकासका साझेदार निर्माण व्यवसायीहरुको समस्या समधान गर्न नीतिगत कानूनमा सुधार गर्न सरकार तयार रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा निर्माण व्यवसायीहरुले निर्माण व्यवसायीहरूसँग गरेका सम्झौता सरकारले पालना गर्नुपर्ने बताएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्