Logo

कोरोनाको दोश्रो चरणको नियन्त्रणका लागि स्वास्थ्य मापदण्डमा कडाइ गरिदै


कोभिड–१९ स’ङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी ) ले कोरोनाको दोश्रो चरणको नियन्त्रणका लागि स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको सीसीएमसी बैठकले अहिलेको कोरोनाको अवस्थामा छलफल गर्दै स्वास्थ्य सावधानीका साथै मापदण्डमा कडाई गर्ने निर्णय गरेको हो ।

बैठकपछि मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले निगरानी सतर्कताका बिषयमा जोड दिदै स्वास्थ्य मापदण्डमा कडाई गर्न अपिल गर्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै कोरोना नियन्त्रणमा जिल्ला कोभिड–१९ स’ङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने निर्णय भएको उहाले बताउनुभयो ।

उहाले अहिले नै कुनै कडा कदम चाल्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

उहाले बिद्यालय र रात्रीकालिन लगाएतका केहि क्षेत्र बन्द गर्ने चर्चा चलेपछि मापदण्ड पालना गराउने बिषय नै प्रमुख भएको बताउनुभयो ।

बैठकले कोरोना फैलन नदिन नाका–नाकामा थप सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्