Logo

सरकारले गरेको कामलाई न’कारात्मक प्रचार गर्ने क्रम बढेको : परराष्ट्रमन्त्री ज्ञवाली


परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले गरेको कामलाई न’कारात्मक प्रचार गर्ने क्रम बढेको गुनासो गर्नुभएको छ ।

गुल्मेली अधिकृत समाजले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाले मुलुक बिकास निर्माणको गतिमा तिव्र रुपमा अघि बढेपनि सरकारले गरेको कामको न’कारात्मक प्रचार गर्ने गरिएको गुनासो गर्नुभएको हो ।

उहाले समाजलाई रुपान्तरण गर्दै देशलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

मन्त्री ज्ञवालीले देश बनाउन सक्छौ भन्ने संकल्प लिएमात्र मुलुकको बिकासले साकार रुप लिने तर्क गर्नुभयो ।

सार्वजनिक सेवा प्रदायक संस्थाहरुलाई प्रतिपर्धी र उत्तरदायि बनाउनु चूनौति रहेको उहाको भनाई छ ।

कार्यक्रममा मन्त्री ज्ञवालीले गुल्मेली अधिकृत समाजले प्रकाशन गरेको भित्तेपात्रो र स्मारिका बिमोचन गर्नुभएको थियो ।।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्