Logo

हामी ओलीको दास होइनौं, हामी उनको मुख हेरेर आन्दोलनमा जुटेका होइनौं : माधवकुमार नेपाल


नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी फुटाउने काम गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले ओलीले पार्टी फुटाउँदा वि’रोधीहरू खुसी भइरहेको पनि बताए ।

आफूहरू सबैलाई मिलाउने काममा लागिरहेको र निर्वाचनले मात्रै सबै विषयको निकास नदिने उनकाे भनाइ छ ।

अ‍ाेलीले विधानविपरीत काम गर्दै अ‍ाएकाे उल्लेख गर्दै नेता नेपालले उनलाई साथ दिनेहरू दा’स भएको दाबी गरे ।

“विधानविपरीत काम गर्नेलाई पनि साथ, समर्थन दिने भनेका दा’स हुन् ।

हामी दास होइनौं ।  हामी केपी ओलीको मुख हेरेर आन्दोलनमा जुटेका होइनौं,” नेता नेपालले भने ।

उनले ओलीको पक्षमा बहुमत नभएको पनि  जिकिर गरे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्