महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागस्थान चाेकमा जडान गरेकाे ट्राफिक लाइट अ‍ाजदेखि सञ्चालनमा अ‍ाएकाे छ ।

राष्ट्रिय वाणिज्य बैंकसँगको समन्वयमा नागस्थानमा नयाँ ट्राफिक लाइट जडान गरेको महाशाखाले जनाएको छ ।

आज जडान गरिएको ट्राफिक बत्तीसँगै उपत्यकाका ३२ चोकमा ट्राफिक बत्तीमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ ।