Logo

कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक


सत्ता समीकरणबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक डाकेका छन् ।

देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई छलफलका लागि पार्टी कार्यालय सानेपामा बोलाएका हुन् ।

देउवालाई नयाँ सरकार गठनको पहल थाल्न गर्न पार्टीभित्र र बाहिरबाट दबाब छ । एक साता अघि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नयाँ सरकार गठन गर्न कांग्रेसले अग्रसरता लिने निर्णय गरेको थियो । त्यसैको तयारी

नयाँ सरकार गठनका लागि कांग्रेसको अग्रसरतामा हुन लागेको तीन दलको बैठक शुक्रबार ३ बजे सानेपामा बस्ने छ ।

केन्द्रीय समितिको बैठक केही दिन पछि सारेर सभापति देउवाले संसद् विघटनको विरोधमा रहेका दलहरूसँग छलफल थालेका हुन् । शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक अब ३० चैतमा बस्ने भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्