काठमाण्डौ – यस बर्ष ‘पहिचान सम्मान’ लेखक, अनुवादक खगेन्द्र संगौला सम्मानित हुने भएका छन् । सरकारका स्थायी प्रतिपक्षी सधैं सर्वहारा, उत्पीडित र दलनमा परेकाहरुको अावाज बोल्ने पाँचथरका सुपुत्र, लेखक, वामपन्थी, चिन्तक ब्यक्तित्व खगेन्द्र सङ्ग्रौला हुन । पुरस्कार कोषले उनलाई ४ लाख २ हजार २ रुपैयाँसहित ताम्रपत्रले ‘पहिचान सम्मान’ गर्न लागेको हो ।

कोषका अनुसार आगामी ४ वैशाखमा कार्यक्रममाझ संग्रौलालाई सम्मान अर्पण गरिनेछ । लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्‍याएकाले संग्रौलालाई सम्मान गर्न लागिएको कोषले जनाएको छ ।

२०७२ सालमा सिक्किममा स्थापित यो संस्थाले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पुर्‍याउने लेखकलाई बर्सेनि पुरस्कृत गर्दै आएको छ ।

साहित्य र पहिचानको क्षेत्रमा क्रियाशीलहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित याे संस्थाले चार वर्ष पहिचान पुरस्कार र पाँँचौँ वर्ष सम्मान अर्पण गरिने जनाएकाे छ ।यसअघि चारवटा पुस्तकका लेखकहरूलाई काेषले पुरस्कृत गरिसकेकाे छ । लेखक संग्राैलाले पाउन लागेकाे चाहिँ सम्मान हो ।