Logo

चर्कियो मुक्कुमलुङ बचाउ आ’न्दोलन, ११ बैशाखमा प्र’तिकार हुने


काठमाडौं । गत ३ अप्रिल २०२१ मुक्कुमलुङ संयुक्त स’घर्ष समितिको बैठकले ११ बैशाख २०७९ का दिन शिलान्यास हुने पाथिभरा केबुलकारको निर्माणले लिम्बुहरुको आस्थामा ठेस पुग्ने निक्र्याैल गरि वि’रोध र प्र’तिकार गर्ने एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

प्रेस विज्ञप्ती

आदिवासी याक्थुङ (लिम्बु) समुदायको ऐतिहासिक आध्यात्मिक स्थल मुक्कुमलुङलाई अ’तिक्रमण गरी विस्थापित गरेर पाथीभरा बनाइएकोमा नाम र साँस्कृतिक विरासत पुनःस्थापित गरिनुपर्ने माग राखी मुक्कुमलुङ संयुक्त सं’घर्ष समिति ताप्लेजुङ आन्दोलनरत रहेको र विगतमा यस सम्बन्धमा नेपाल सरकार र सम्बन्धित पक्ष समक्ष ज्ञापन पत्र बुझाउनुका साथै केही समझदारीहरु समेत भएको कुरा अवगतै छ । तथापि यो हाम्रो न्यायिक मागलाई बे’वास्ता गर्दै जब’रजस्त नागरिक आवाजलाई द’बाएर जाने नियतका साथ पाथीभरा दर्शन केबुलकार प्रा.लि. द्धारा आगामी २०७८ वेशाख ११ गते सम्माननीय प्रधानमन्त्रीको बाहुलीबाट केबुल कार शिलान्यास गर्ने भन्ने विभिन्न संचारमाध्यम मार्फत जानकारी हुन आएकोले उक्त दु’स्साहसपूर्ण ह¥र्कतको घो’र भत्र्सना र बि’रोध गर्दछौं । राज्य र नाफाखोर कर्पोरेटहरुको यस्तो किसिमको दमनकारी र ह’स्तक्षेपकारी रवैयाबाट हामीलाई सशक्त आ’न्दोलनमा उत्रना वाध्य पारिएको छ । त्यसकारण आदिवासी याक्थुङ समुदायको मुन्धुममा आधारित ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक, आध्यात्मिक, पुरातात्विक तथा प्राकृतिक सम्पदा माथिको ह’स्तक्षेपकारी दोहनको बि’रुद्ध निम्न बमोजिमको चरणबद्ध आ’न्दोलन कार्यक्रम घोषणा गर्दछौं:

(१) ताप्लेजुङ जिल्लाका विभिन्न पालिका, वडा तथा लिम्बुवानका सबै जिल्ला र प्रवासमा समेत मुक्कुमलुङ संयुक्त सं’घर्ष उपसमिति विस्तार गरी सबैतिर एकसाथ सेभ मुक्कुमलुङ आ’न्दोलन सशक्त ढंगले उठाउने ।
(२) नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने ।
(३) स्वदेश तथा विदेशमा सृजना मार्फत सेभ मुक्कुमलुङ साहित्यिक कार्यक्रमहरु संचालन गर्ने ।
(४) आन्दोलन सम्बन्धमा जिल्लास्थित सबै दल तथा पक्षसँग समन्वय र सहकार्य गर्ने ।
(५) लिम्बुवानका सबै जिल्ला र काठमाडौं उपत्यकामा जनप्र’दर्शन गर्ने ।

पहिलो चरणको कार्यक्रम पश्चात पनि दु’ष्कर्म नरोकिए थप सशक्त आ’न्दोलन कार्यक्रम घोषणा गर्ने र मुक्कुमलुङ बचाउनका लागि जस्तो सुकै कदम उठाउन वाध्य हुने कुरा अवगत गराउँन चाहन्छौं र यो न्यायपूर्ण आ’न्दोलनमा सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, संघ संस्था, आदिवासी जनजाति समुदाय, युवा, विाद्यार्थी, बुद्धिजीवि, शिक्षक, किसान, व्यापारी व्यवसायी तथा आम न्यायप्रेमी समुदायलाई साथ, सहयोग र समर्थनका लागि हार्दिक आव्हान गर्दछौं ।
मुक्कुमलुङ युमा माङ –तियाहा ।

मिति: २०७७/१२/२२
………………..

श्री लिङखिम, संयोजक
मुक्कुमलुङ संयुक्त सं’घर्ष समिति
ताप्लेजुङ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्