Logo

नेपाली फुटबलको मुख्य प्रशिक्षक कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी बने


नेपाली फुटबलको मुख्य प्रशिक्षक कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी बनेका छन् ।

चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले आइतबार अब्दुल्लाह अलमुताइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

अब्दुल्लाह अलमुताइरीले आइतबारदेखि नै काम सुरु गर्ने एन्फाले जनाएको छ ।

एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका अब्दुल्लाहले यो आफ्ना लागि ठूलो चुनौती भएको बताउनुभयो ।

उहाले आफ्नो लक्ष्य एसियन कपमा छनोट हुने रहेको बताउनुभयो ।

अब्दुल्लाहको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ भने नेपालले आउँदो जुन महिनामा विश्वकप छनोट खेल्नेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्