Logo

पार्टी एकता बचाउनका निम्ति फागुन २३ को फैसला अनुसार नै एकतामा फर्कन अध्यक्ष केपी ओलीलाई आग्रह : योगेश भट्टराई


नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको सो समूहको स्थायी कमिटी बैठकले पार्टी सुदृढीकरण अभियानको लागि केन्द्रका नेताहरु खटाएर देशभर विचार गोष्ठी आयोजना गर्ने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

पार्टी सुदृढीकरण अभियान अन्तर्गत प्रशिक्षण, भेला र संगठन विस्तारमा जोड दिइने उहाले बताउनुभयो ।

आगामी दुई महिनाका लागि विभिन्न कार्यक्रम तय गरिएको र त्यसका लागि जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको पनि भट्टराईले जानकारी दिनुभयो ।

बैठकले पार्टी एकता बचाउनका निम्ति फागुन २३ को फैसला अनुसार नै एकतामा फर्कन अध्यक्ष केपी ओलीलाई आग्रह गर्ने निर्णय समेत गरेको उहाले बताउनुभयो ।

त्यस्तै चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूका सुझाव थपेर प्रकाशन गरिने र प्रशिक्षणका लागि मुलुकभर लगिने निर्णय भएको उहाले बताउनुभयो ।

यसैगरी, वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउन काठमाडौंमा भव्य कार्यक्रम गर्ने तथा जेठ ३ गते मदन आश्रित स्मृति दिवस मनाउने निर्णय बैठकले गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्