Logo

कम्युनिष्ट पार्टीलाई सिध्याउने खेलमा केपी ओली लागेको : माधव कुमार नेपाल


नेकपा एमालेका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीलाई सिध्याउने खेलमा केपी ओली लागेको भन्दै आफूहरुले उक्त षड्यन्त्र पूरा हुन नदिने बताउनुभएको छ ।

शनिबार उ’त्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताउनुभएको हो ।

आफुहरु ओली प्रवृत्तिसँग जुधिराखेको भन्दै उहाले त्यो प्रवृत्तिको हार र आफुहरुको जित सुनिश्चित रहेको बताउनुभयो ।

उहाले ओलीले नै पार्टीलाई कमजोर बनाउन तत्पर रहेको आरोप लगाउनुभयो ।

उहाले पार्टीभित्रको समस्यालाई समाधान गर्न नखोज्दा अहिले समस्या देखिएको र समस्या समाधानका लागि ओली उदाशिन देखिएको तर्क गर्नुभयो ।

कार्यक्रममा एमाले नेता भीम रावलले पार्टी विधान मिचेर नेताहरुलाई गरिएको कारबाहीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको भष्मासुर प्रवृत्तिलाई छरपष्ट पारेको बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्