Logo

ओलीले नेतृत्व गरेको पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदरुको सहमतिमा नयाँ सरकार बन्ने : मिनबहादुर विश्वकर्मा


नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद मिनबहादुर विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट बताउनुभएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाले कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपालबीच बृहत्त परामर्श भैरहेको र छिटै नया सरकार बन्ने बताउनुभएको हो ।

उहाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर मार्गप्रस्ट  गर्नुपर्ने धारणा राख्नुभयो ।

नेता विश्वकर्माले ओली नेतृत्वको सरकारले सरकार सञ्चालनको लागि कानूनी, राजनैतिक र नैतिक धरातल गुमाएको उल्लेख गर्दै आफूहरुले राजीनामा मागेको पनि स्पष्ट पार्नुभयो ।

त्यस्तै उहाले नेकपा (माओवादी केन्द्र) ले पनि तत्काल समर्थन फिर्ता लिनुपर्ने सुझाव दिनुभयो ।

साक्षात्कारमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउन पहल गर्ने नेपाली कांग्रेसको हिजोको निर्णयको स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओलीको सोच अहिलेपनि संसद् विघटन गर्नेतर्फ नै केन्द्रित रहेको उहाको आरोप छ ।उहाले संविधानको रक्षा गर्ने दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्