Logo

हिउचितुवा संरक्षण गर्न कञ्चनजंघा संरक्षण क्षेत्रमा स्थानीयका घरपालुवा जनावरको विमा गर्नुपर्ने : डा.घनश्याम गुरुङ


कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिमचितुवा संरक्षणका लागि वन्यजन्तु संरक्षण क्षेत्रमा काम गर्ने निकायहरुसंग छलफल गरेको छ ।

समितिको विहिबार बसेको बैठकले हिउचितुवा संरक्षण गर्न विभिन्न निकायहरुसंग छलफल गरेको हो ।

छलफलमा विश्व प्रकृति संरक्षण कोषको नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङले हिउचितुवा संरक्षण गर्न कञ्चनजंघा संरक्षण क्षेत्रमा स्थानीयका घरपालुवा जनावरको विमा गर्नुपर्ने बताउनुभयो ।

उहाले व्यवस्थापनमा ध्यान दिए हिमचितुवको संरक्षण हुने बताउदै स्थानीयले पाउनुपर्ने क्षेतिपूर्ति र राहतबारे सम्बन्धीत निकायले ध्यान दिए संरक्षणमा सहयोग पुगने जिकिर गर्नुभयो ।

कार्यक्रममा हिमचितुवा संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा प्रस्तुती शेरेन श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्