Logo

कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीका बारेमा अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन पारित


कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीका बारेमा अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदनलाई प्रतिनिधिसभा अन्तर्गतका शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सांसदहरुको सुझाव सहित उपसमितिको प्रतिवेदन पारित गरिएको हो ।

कोरोना महामारीका बेला उपसमितिले बिभिन्न अस्पताल, क्वारेन्टाइन, आइशालेशन सेन्टर लगाएतको स्थलगत अनुगमन गरेको थियो ।

कोरोना महामारी न्युनिकरणका लागि आवश्यक सुझाव पनि दिएको थियो ।

त्यस्तै कोरोनाको प्रभावलाई न्युनिकरण गर्न उपसमितिले सरोकारवालासंग छलफल पनि गरेको थियो ।

उपसमिति संयोजक जीवनराम श्रेष्ठले अनुगमनबाट अर्को जोखिमका लागि सिकाइ हुनुपर्ने बताउनुभयो ।

उहाले कोरोना न्युनिकरण र रोकथामका लागि उपसमितिले आवश्यक सुझाव दिएको जानकारी दिनुभयो ।

उपसमितिको प्रतिवेदन आगामी २४ गते स्वास्थ्य मन्त्रालयलाई बुझाउने बताइएको छ भने सोहि दिन नै दोश्रो चरणको कोरोना महामारी रोकथामका लागि सरकारका तर्फबाट भएका प्रयासबारे जानकारी लिने समितिले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्