Logo

सडक मार्गसंगै सूचनामार्ग निर्माण गर्नुपर्छ : पार्वत गुरुङ


सञ्चर तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सडक मार्गसंगै सूचनामार्ग निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

दूरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तर सम्बन्धी विहिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विगतमा सडक मार्ग निर्माण गरेपनि अब सूचना मार्ग निर्माण गर्न ढिला भइसकेको बताउनुभएको हो ।

मन्त्री गुरुङले सडक, खानेपानी, अस्पतालको विकासमा केन्द्रीत भएका सांसदहरुलाई सूचना प्रविधिको विकासमा केन्द्रत हुन आह्वान गर्नुभयो ।

विकासलाई प्राथकितामा राखेर काम गर्नुपर्ने मन्त्री गुरुङको जोड थियो । उहाले कार्य सम्पादन गर्दा पार्दशीतालाई सधै आत्मसात गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सांसदहरुले आफ्नो क्षेत्रका समस्याहरु सञ्चारमन्त्री गरुङलाई दर्शाएका थिए ।

उनीहरुले विभिन्न समयमा आफुहरुले बनाएका योजनाहरुले सार्थकता नपाएको भन्दै गुनासो समेत गरेको थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्