Logo

हानगरीय ट्राफिक प्रहरीले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने


महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ ।

महाशाखाले बुधबार एक कार्यक्रमका वीच कोरिडोर सडक व्यवस्थापन टोलीपरिचालन गरेको छ ।

महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई संचालनमा रहेका उपत्यकाको मुख्य कोरिडोरहरु विष्णुमति, वाग्मती, धोविखोला र मनोहरा कोरिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागु गरेको हो ।

करिडोरलाई चौबिस खण्डमा बिभाजित गरि कोरिडोर क्लियरेन्सको लागी १७ टोली गठन गरि परिचालन गरेको महाशाखाले जनाएको छ ।

महाशाखाले कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शिघ्र ट्राफिक परिचालन तथा अब्यबस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।

मुख्य सडकको चोक जंक्सनको क्युमा बस्नुपर्ने बिकल्पको रुपमा कोरिडोर सडक प्रयोग गरि समय तथा ईन्धनको समेत वचत हुने अपेक्षा रहेको एसएसपी भट्टराईले बताउनुभयो।

करिडोर सडकको प्रयोगले मुख्य सडकमा हुने सवारी चापमा कमी ल्याउनुको साथै सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा समेत सहजता प्रदान गर्ने महाशाखाको अपेक्षा छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्