Logo

अदालतमा गएर एमाले र माओवादी एक नहुने : प्रधानमन्त्री केपी ओली


प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको टिप्पणी गर्नुभएको छ ।

मंगलबार रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतमा गएर एमाले र माओवादी एक नहुने समेत बताउनुभयो ।

पार्टी फुटको बिषयमा अदालत नभइ निर्वाचन आयोग जान पनि उहाले सुझाव दिनुभयो । ओलीले आफू नेतृत्वको सरकारले जनपक्षीय काम गर्दा हटाउन खोजेको आरोप लगाउनुभयो ।

विकास र जनताका पक्षमा राम्रा काम गरेकाले विपक्षी आत्तिएको र हटाउन खोजेको उहाको भनाई छ ।

प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा संकट परेकोलाई देशमा संकट पर्यो भन्न नहुने धारणा राख्नुभयो ।

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा सं’कट नपरेको जिकिर गर्दै चुनाव भएर सं’कट पर्ने हो भने २० महिनापछि देशमा सं’कट पर्ने हो भन्दै प्रश्न गर्नुभयो ।

उहाले आगामी आर्थिक वर्षबाट वृद्धभत्ता बढ्ने जानकारी दिनुभयो ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुले ७० वर्षसम्म लडेर ल्याएको लोकतान्त्रिक प्रणाली, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी गणतन्त्र एकपटक अदालतबाट बचेको बताउनुभयो ।

उहाले अहिले नैतिक पतनको बाटोमा देशलाई अघि बढाईएको भन्दै सरकारको भूमिकाको आलोचना गर्नुभयो ।

त्यस्तै जसपाका अध्यक्ष महन्थ ठाकुरले मुलुकमा सबैलाई डेमोक्रेसी हो भने मधेशी र थारुहरु किन अहिलेसम्मपनि जेलमा भन्दै प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएकै दिनदेखि सरकारमा आउनको लागि आग्रह गरेको उहाले बताउनुभयो ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो संघीयता र समावेशितामाथि नै ग्रहण लाग्न लागेको हो कि भन्ने देखिएको बताउनुभयो ।

संविधान नै धरापमा पर्ने हो कि भन्ने आशंका सबैतिरबाट उठेको भन्दै उपलब्धि जोगाउनुपर्नेपनि यादवको भनाई छ ।

वाषिकोत्सवका अवसरमा दर्जन बढी क्रियाशील पत्रकार सम्मानित भएका छन् ।

अवसरमा एक लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरियो । यस्तै रु ५० हजार राशिको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरियो ।

तारणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुररुस्कार’ संयुक्त रुपमा रेडियो नेपालका पत्रकार डा नवराज लम्साल र नेपाल टेलिभिजनका पत्रकार शालिक सुवेदीलाई प्रदान गरियो ।

‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकारबाट डिसी नेपालका सहसम्पादक मदन कोइराला, प्राइम टाइम टेलिभिजनका सहसम्पादक दीपक अर्याल, सरोकार टेलिभिजनका क्यामेराम्यान दुर्लभ थापा लगाएत सम्मानीत हुनुभएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्