Logo

चर्चित गीतकार तथा मोडल दर्पण राई पनि रंगशालामा राष्ट्रिय खेलाडिलाई सपोर्ट गर्न देखिए


काठमाण्डौ – त्रिदेशीय फुटबल अन्तर्गत फाइनल
खेल नेपाल जितेको छ ।

आज नेपाल र बङलादेशबीचको खेलमा दर्शकको उल्लेखनिय उपस्थित भए संगसंगै केही चर्चित ब्यक्तित्वहरु पनि दर्शक दीर्घमा देखियो ।

चर्चित गीतकार तथा मोडल दर्पण राई पनि नेपालको राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय खेलाडिलाई सपोर्ट गर्न दशरथ रंगशाला देखिए ।

त्यस्तै गरि चर्चित लोक दोहोरी गायक बद्री पांगेनि वरिष्ठ पाईलट बिजय लामा लगायत देश तथा बिदेशमा चर्चित अनुहार नेपालको राष्ट्रिय टिमलाई सपोर्ट गर्न दशरथ रंगशाला देखिए ।

सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो ।

नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।

बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए । १८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए । सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्