Logo

मुवॉथाइ राष्ट्रिय खेल गोकर्णेमा भब्य सम्पन्न


काठमाण्डौ ।  शनिबार गोकर्णेश्वर नगरपालिकामा दोस्रो नेपाल मुवाँथाई च्याम्पियन २०२१ खेल सम्पन्न भएको छ ।

आठ लाख लागतमा गोकर्णेश्वर नगरकमिटीले सो खेलको आयोजना गरेको हो ।

यस कार्यक्रमको प्रमुख अतिथिमा गोकर्णेश्वर नगर प्रमुखले गर्नु भएको थियो भने अतिथिगणहरुमा गोकर्णेश्वर नगर उपप्रमुख शान्ति नेपाल, सल्लाहकार दिपक रिसाल लगायतका २५ जनाभन्दा बढी अथितिको उपस्थिति रहेको थियो भने यस खेललाई प्रमखु अतिथि सन्तोष चालिसेले पानसमा दियो बालेर समुदघाटन गर्नु भएको छ ।

यस मुवॉथाइ खेल विहान ११ बजेदेखि शुरु भएर दिउसो ५ बजे सम्पन्न भयो भने दर्शकहरुको बाक्लो भिड रहेको थियो । उक्त खेलमा देशभरका खेलाडीहरुको सहभागितामा १४ खेल समावेश गरिएको थियो ।

यस खेलमा १८ जना खेलाडी सहभागी मध्य २ जना महिला सहभागी भएका थियो । भने जसमा ५१ केजी मेडल फाइटमा तेजन मगर, तेन्जी¨ शेर्पा, प्रविन राई र नवराज पराजुलीले हात पारे, ५१ के.जीको वेल्ट खेलमा अन्नन राई र लोप्साङ तामा¨ले जितेका छन् । भने ५४के.जी, ६० के.जी., ६३ के.जी., ६७ के.जी., ७२ के.जीमा क्रमस हेवी राई, सन्दीप तामा¨, दावा फुन्जो शेर्पा, अबरम राई, डिन विजय विक्रम राना, सन्तोष खत्री, कोशिस श्रेष्ठले वेल्ट जिते भने महिला तर्फको ५१ के.जीमा देनिका राईले जितिन ।

उक्त खेलका विजेता खेलाडीहरुलाइ प्रमखु अतिथि सन्तोष चालिसे लगायत उपप्रमुख शान्ति नेपाल सल्लाहकार दिपक रिसाल लगायतकाले वेल्ट र मेडल वितरण गर्नुका थिए भन्ने यस खेलका आयोजक अध्यक्ष सानु श्रेष्ठले बताउनु भयो ।

फोटो स्रोत ः प्रदिप कुमार श्रेष्ठ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्