Logo

नेकपा (एमाले) को खनाल–नेपाल समूहले पार्टीभित्रै संघर्ष गर्ने निष्कर्ष


नेकपा (एमाले) को खनाल–नेपाल समूहले पार्टीभित्रै संघर्ष गर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार काठमाडौंमा बसेको सो समूहको उपलव्ध केन्द्रीय सदस्यहरुको बैठकले पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

पार्टीलाई बलियो बनाउन, विधि पद्धतिअनुसार चलाउन र पार्टीलाई गतिशील बनाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलको बैठकमा भाग लिएर आफ्ना कुरा राख्ने निष्कर्ष बैठकले निकालेको उहाले बताउनुभयो ।

उहाले आफ्ना फरक बिचारहरु पार्टी बैठकमा राखिने पनि जानकारी दिनुभयो ।

त्यस्तै एमाले बरिष्ठ नेता झलनाथ खनालले संसदीय दलको बैठक बालुवाटार बाहिर राख्नुपर्ने माग आफ्नो रहेको र त्यही माग लिएर आफु संसदीय दलको बैठकमा सहभागी हुने बताउनुभयो ।

त्यस्तै बैठकले सर्वोच्च अदालतले ०७५ जेठ २ मा फर्काएको हुँदा पार्टी त्यहीबाट सुरु हुनुपर्छ भनेर केन्द्रीय कमिटीका सदस्यहरुले बैठकको माग गर्ने निर्णय गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्