Logo

थ्री नेसन्स कप फुटबलमा नेपालको फाइनलमा पुग्ने सम्भावना कायम


थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ ।

बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा नेपालले बराबरी खेल्नु परेको हो ।

यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ ।

यस खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।

बंगलादेशको १ खेलमा ३ अंक रहेको छ । उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्