Logo

४० वर्षभन्दा लामो समयदेखि थुनामा रहेका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाए


अदालती प्रक्रिया विना भारतको जेलमा ४० वर्षभन्दा लामो समयदेखि थुनामा रहेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाउनुभएको छ ।

तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गर्नुभएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाई र प्रशासकीय अधिकृत देवीचरण फुयाँल तिम्सिनालाई नागरिकता प्रदान गर्नुभएको थियो ।

कर्तव्य ज्या’न मु’द्दाको कसुरमा पक्राउ परेका तिम्सिना विगत ४० वर्षभन्दा लामो समय देखि विना कुनै अदालती प्रक्रिया भारतमा जेल जिवन बिताउँदै आउनुभएको थियो ।

गएको शनिबार उहाँ भारतको दमदम जेलबाट रिहा हुनुभएको थियो भने आइतबार इलामस्थित घर पुग्नुभएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्