Logo

आदिवासी जनजाति चलचित्र महासंघको पाँचदिने गोष्ठी धुलिखेलमा सुरु, सञ्चार मन्त्रीद्वारा उद्घाटन


आदिवासी जनजाति चलचित्र महासंघको धुलिखेलस्थित मिलन ज्योति गाडेन रिसोर्ट काभ्रेभञ्ज्याङमा ‘आदिवासी चलचित्रमा प्रतिवद्धतासहितको सहकार्य’ विषयक पाँच दिने कार्यशाला गोष्ठी सुरु भएको छ । उक्त गोष्ठीको आज ( बुधबार ) सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले समाज रुपान्तरणका लागि सन्देश दिने खालका चलचित्र निर्माणमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याएका थिए । सबै भाषा, कला र संस्कृतिको संरक्षणमा जोड दिएका थिए ।

समाजमा जाति, भाषा, धर्म र संस्कृति बीच द्वैष फैल्याउने खालका गतिविधि हुन नदिन मन्त्री गुरुङले आग्रह गरे । सबै जाति, भाषा, धर्म र संंस्कृतिको विकासमा योगदान पुुग्ने गरी सरकारी सञ्चार माध्यमलाई परिचालन गर्ने प्रतिबद्धता पनि उनले जनाए । उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन चलचित्रकर्मीहरुलाई आह्वान गरे । राष्ट्रको समृद्धिमा योगदान पुु–याउने गरी चलचित्र निर्माणमा ध्यान दिन उनले आदिबासी चलचित्रकर्मीहरुलाई आग्रह गरे । मन्त्री गुरुङले मुलुुकलाई समृद्ध बनाउने आधार तयार भएको चर्चा गर्दै समृद्ध नेपालः सुुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न सबैले आफ्नो क्षेत्रबाट यथोचित योगदान दिनुपर्नेमा जोड्दिए । उनले पछिल्लो राजनीतिक परिस्थितिबाट निराश नभई मुलुकको समृद्धिमा योगदान पुु¥याउने गरी चलचित्र क्षेत्रको विकासमा लाग्न चलचित्रकर्मीलाई आग्रह गरे ।

पाँच दिन सम्म चल्ने उक्त कार्यशाला गोष्ठीमा १५ वटा जनजाती संघका ३/३ जना सहित ४५ जनाको सहभागिता रहेको आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष विकु थोकरले जानकारी दिए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राज कुमार राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, गैसस महासंघका केन्द्रीय अध्यक्ष जीतराम लामा, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ, चलचित्र निर्देशक नवीन सुब्बा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष पेमा लामा, मगर चलचित्र संघका अध्यक्ष युवराज मास्के मगर लगायतले कार्यशाला गोष्ठी सफलताको कामना गरेका थिए । उक्त कार्यक्रमको सभापतित्व आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले गरेका थिए । उक्त गोष्ठीमा ३५ जिल्लाको सहभागिता रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्