Logo

म होईन प्रधानमन्त्री ओली पार्टी फुटाउन लागि परेको : माधव नेपाल


नेकपा एमालेका नेता माधव कुमार नेपालले आफुहरु पार्टी फुटाउने पक्षमा नरहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफु नभइ प्रधानमन्त्री ओली पार्टी फुटाउन लागि परेको बताउनुभएको हो ।

ओलीमा कम्युनिस्ट चरित्र नभएको बताउँदै नेता नेपालले ओलीले सुरुदेखि नै गुटका राजनीति गरेको बताउनुभयो ।

त्यस्तै उहाले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको र ओलीसँग आत्मसमर्पण पनि नगर्ने उल्लेख गर्नुभयो ।

नेता नेपालले हिम्मत भए आफूहरुलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई चुनौती समेत दिनुभयो ।

ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको भन्दै आफू जहिल्यै संगठनलाई केन्द्रमा राखेर सोच्ने गरेको नेपालको भनाइ छ ।

नेपालले ओलीले कम्युनिष्ट आन्दोलनलाई बिर्सजन गर्ने प्रयास गरिरहेको तर्क पनि गर्नुभयो ।

ओली व्यक्तवादी भएको आरोप लगाउँदै नेता नेपालले आफूहरु ओली प्रवृत्तिविरुद्ध लडिरहेको धारणा राख्नुभयो ।

नेपालले ओलीको व्यक्तिवादी चिन्तनलाई बहिस्कार गर्दै अघि हिँड्न कार्यकर्तालाई आह्वान गर्दै आफ्नो समूह सामूहिकवादी प्रवृत्ति र सबैलाई मिलाउने दिशातर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्