Logo

प्रधानमन्त्री ओलीले रहका प्रमुख सामन्त कुमार गोयलसँग बालुवाटारमा भेट गरेर संसद विघटनको डिजाईन गरेको : मोदी


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दार्चुला सदरमुकाम पारिपट्टि महाकाली नदीमा भारतले एकतर्फीरुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रारम्भमै समय माग गर्दै कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले दार्चुला, महाकाली नगरपालिका–५ स्थित महाकालीमा नेपाली भूभागमा भारतले तीन महिनादेखि सीमास्तम्भलाई समेत भित्र पारेर तटबन्ध बनाइरहेको जनाउँदै त्यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयोे ।

तीन महिनादेखि भइरहेको उक्त कार्य रोक्न जनताले वि’रोध गरिरहेको र राजनीतिक दलका भ्रातृ संस्थाले वि’रोध गर्दै प्रमुख जिल्लालाई ज्ञापन दिएका अवस्थामा पनि सरकार आजसम्म बेखबर हुनु अचम्मको कुरा भएको उहाको भनाइ छ ।

विसं २०७० असारमा महाकालीमा आएको ठूलो बाढीले धार परिवर्तन गरेका कारण ३५ हेक्टर नेपालको जमीन पारि पुग्न गएको र उक्त क्षेत्रमा भारतले निर्माण गरिरहेको तटबन्ध दुई देशबीचको सहमति र अन्तरराष्ट्रिय मान्यता विपरीत रहेको उहाँको भनाइ थियो ।

तटबन्ध निर्माणले त्यस क्षेत्रका नेपालका अत्यन्तै उर्वर जमीन डुबानमा पर्ने जनाउँदै नेता बडुले नेपालको जमीन र सार्वभौमसत्तासँग जोडिएका विषयमा आजसम्म मन्त्रिपरिषद्मा कुरा नउठेको र सरकार मौन रहेको बताउनुभयो ।

बैठकको शुन्य समयमा कांग्रेसका सांसद गगनकुमार थापाले प्रतिनिधिसभा भंग गर्ने कदम सही थियो भन्ने साबित गर्नका लागि संसद्लाईकामविहीन बनाइएको बताउनुभयो ।

थापाले वर्तमान सरकार रहेसम्म संसद्को तिरस्कार बढ्दै जाने बताउनुभयो ।

त्यस्तै माओवादीका सांसद अमनलाल मोदीले प्रधानमन्त्री केपी ओलीले रहका प्रमुख सामन्त कुमार गोयलसँग मध्यरातमा बालुवाटारमा भेट गरेर संसद विघटनको डिजाईन गरेको आशंका गर्नुभयो ।

सांसद खगराज अधिकारीले संसद्मा अविश्वासको प्रस्ताव राख्न डराउने तर प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाउने विषय उपयुक्त नदेखिएको बताउनुभयो ।

त्यस्तै अन्य सांसदहरुले समसामायिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उक्त समितिको वार्षिक प्रतिवेदन २०७७ पनि सदनसमक्ष पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गते अपराह्न १ बजे बस्नेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्