Logo

अन्तराष्ट्रिय बिमानस्थलमा यात्रुहरुको चर्को गुनासो


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ ।

आइतबार अपरान्ह मन्त्री ढकालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार निर्माण र बिमानस्थलको व्यवस्थापनका बारेमा जानकारी लिनुभएको थियो ।

सो क्रममा यात्रुले निर्माणको काम गर्दा व्यवस्थापनमा ध्यान दिन नसक्दा आफुहरुलाई समस्या भएको गुनासो गरेका थिए ।

लगतै मन्त्री ढकालले यात्रुको असुविधा नहुने गरी व्यवस्थापनको कामलाई अघि बढाउन निर्देशन दिनुभएको थियो ।

त्यस्तै उहाले बिमानस्थलभित्र देखिएका कमी कमजोरीलाई छिटो भन्दा छिटो समाधान गर्न पनि निर्देशन दिनुभयो ।

मन्त्री ढकालले अनुगमनका क्रममा बिमानस्थलको व्यवस्थापन फितलो देखिएको भन्दै आफु एक सातापछि पुन अनुगमनमा आउदा समाधान गर्न ध्यानाकर्षण गराउनुभयो ।

अन्तराष्ट्रिय बिमानस्थलमा यात्रुहरुको चर्को गुनासो आएपछि मन्त्री ढकालले अनुगमन गर्नुभएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्