Logo

एन्फाले एनटीभिसँग ६ खेलका लागि ३५ लाखमा सम्झौता


बंगलादेश, नेपाल र किर्गिस्तान सम्मीलित त्रिदेशीय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनमार्फत हुने भएको छ ।

एनटीभीसँग पहिल्यै ६ अन्तराष्ट्रिय खेलको प्रत्यक्ष प्रशारणका लागि सम्झौता भैसकेको तर कोरोनाका कारण कुनै खेल नभएकाले पुरानै सम्झौता अनुरुप त्रिदेशीय खेलको प्रशारण एनटीभीले गर्ने एन्फाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

एन्फाले एनटीभिसँग ६ खेलका लागि ३५ लाखमा सम्झौता गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

यस्तै त्रिदेशिय फुटबल प्रतियोगिताका लागि एन्फाले तोकेको टिकट मुल्य महँगो भएको भन्ने दर्शकको प्रतिक्रियाबारे सोधिएको सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उहाले फुटबललाई व्यवसायिक बनाउनका लागि टिकट मुल्यमा वृद्धि गर्नुपर्ने बताउनुभयो ।

साथै उहाले दर्शकहरुलाई अहिले महँगो लागेको टिकट मुल्य निरन्तर खेलहरु हैर्दै गएपछि सस्तो लाग्दै जाने बताउनुभयो ।

साथै लिगको सम्पुर्ण तयारी पुरा भएको र बाँकि कामहरु केही दिनमै सकिने पनि उहाले बताउनुभयो ।

खेल चैत १० गतेबाट हुनेछ भने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश भिड्नेछन् ।

यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेडिकल पार्टनरको रुपमा नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ ।

एन्फाको स्वास्थ्य विभाग प्रमुख निरज खड्की र अस्पतालका महाप्रबन्धक विजय रिमालले सम्झौतमा हस्ताक्षर गर्नुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्