Logo

रंगहरुको उत्सव होली आजबाट औपचारिक रुपमा सुरु,होली किन मनाईन्छ त ?


फागु पर्व अर्थात रंगहरुको उत्सव होली आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ ।

काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको हो ।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ ।

होली धार्मिक तथा सांस्कृतिकसँगै सामाजिक महत्व बोकेको पर्व हो । धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए ।

तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भएकी थिइन् । आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ। यही विश्वासअनुरुप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ।

आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ ।

असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ । त्यस्तै होली पर्व कृष्ण भगवानसंग पनि जोड जोडिएको सास्कृतिक अभियन्ताहरुको भनाई छ ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।

यस वर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा चैत्र १५ गते आइतबार र तराई मधेसका जिल्लाहरुमा चैत्र १६ गते सोमबार होली पर्व परेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्