Logo

अविश्वासको प्रस्ताव ल्याउन सक्ने तागत कसैमा छैन : केपी ओली


नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन पारित गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संशोधित विधान परित गर्दै उक्त विधानलाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

बिहीबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो ।

कार्यदलले संशोधन प्रस्ताव तयार गरेको र सोही प्रस्ताव बैठकबाट पारित भएको हो ।

नेपालको संविधान, एमालेको विधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूल हुने गरी विधान संशोधन गरेको उहाले बताउनुभयो ।

नयाँ व्यवस्थामा २७ सदस्य रहेको संसदीय बोर्डमा सदस्य संख्या २९ जना पु¥याउने र एकतिहाइ महिला रहने व्यवस्था भएको उहाले जानकारी दिनुभयो ।

विधानमा संसदीय दलको उपनेता नेताले मनोनयन गर्ने व्यवस्था गरिएको भट्टराईले बताउनुभयो ।

बैठकमा केपी ओलीले अविश्वासको प्रस्ताव ल्याउन सक्ने तागत नदेखिएको टिप्पणी गर्नुभएको थियो ।

उहाले पार्टीभित्र गुटगत काम गर्नेलाई कारवाही हुने समेत बताउनुभयो ।

बैठकमा प्रभावशाली नेता वामदेव गौतमलाई एकताको कुरा छाड्न ओलीले आग्रह गर्नुभएको थियो ।

त्यस्तै बामदेव गौतमले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि आफू खुसी भएको बताउनुभएको थियो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्