Logo

खनाल र नेपालपक्षीय सांसहरुले पाँचबुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाए


नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालपक्षीय सांसहरुले पाँचबुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाएका छन् ।

सिंहदरबारमा शनिबार बसेको सो पक्षको सांसदहरुको बैठकले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाउने निर्णय अनुसार पत्र बुझाइएको हो ।

उनीहरुले आफूहरु खनाल–नेपालपक्षीय ३८ सांसदको मागपत्रसहित आएको भन्दै मागपत्र पेस गरेका हुन् ।

एमालेको बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने माग रहेको नेता भीम रावलले जानकारी दिनुभयो ।

माधव नेपाल समूहले यसअघि गठन गरिएको संसदीय बोर्डप्रति पनि असहमति जनाएको छ ।

उनीहरूले संसदीय दलको बैठकमा आफूहरू सहभागी हुने तर त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने माग राखेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्