मनोहरा युनाईटेड क्लबले सहिद स्मारक सी डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा सानोगौचरण युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनोहराले लगातार दोस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मनोहरालाई जित दिलाउन अन्जन लिम्बुले ह्याट्रिक पूरा गरे ।

जितसँगै मनोहराले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा मनोहराले महाबिरलाई हराएको थियो । सानोगौचरणको यो लगातार दोस्रो हार हो ।

त्यसअघि शुक्रबार नै भएको अर्को खेलमा खेलमा सानेपा युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सामाजिकले लगातार दोस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सामाजिकलाई जित दिलाउन विकास दर्जीले निर्णायक गोल गरे ।

यस जितसँगै सामाजिकले २ खेलमा ६ अंक जोडेको छ । सानेपाको यो लगातार दोस्रो हार हो ।