Logo

केपी ओलीको व्यक्तिबाद र बिचलनले धेरै बिगार्यो : माधव नेपाल


नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीको व्यक्तिबाद र बिचलनले धेरै बिगारेको भन्दै अहिलेको लडाई बिचारकै भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा अखिल नेपााल महिला संघको राष्ट्रिय कार्यकता भेलामा नेता नेपालले ओली सिद्धान्तनिष्ट र आदर्शप्रति समर्पित हुन नसकेकाले आफुहरु बिचारको लडाई लड्न बाध्य भएको बताउनुभयो ।

उहाले अहिले क्रान्तिकारी पार्टी वा व्यक्तिवादी पार्टी बनाउने लडाइ भएको भन्दै पद वा जुँगाको लडाइ नभएको पनि बताउनुभयो ।

उहाले ओलीको घमण्डकै कारण देश र पार्टी बिग्रेको आरोप लगाउनुभयो । उहाले समाजको परिवर्तन नै आफुहरुको मूल लक्ष्य भएको तर्क गर्नुभयो ।

ओलीले ठिक ढंगले पार्टी नचलाएकोले आफुहरुले विरोध गरेको उहाको भनाई छ ।

त्यस्तै उहाले आफुहरुप्रति ओलीले हामी कहाँ छौ भनेर व्यङ्ग गरेको भन्दै छिटै आफुहरु बालुवाटारमा हुने धारणा पनि राख्नुभयो ।

उहाले अव नेकपा एमालेलाई जनताप्रति समर्पित गर्दै शसक्त ढंगले समाजवादको बाटोमा अघि बढाउने उल्लेख गर्नुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्