Logo

अन्नपूर्णका सम्पादक र कम्पनीका सिइयोले अन्नपूर्ण पोस्ट बन्द गर्न लागिए भन्दै पत्रकारलाई राजीनामा दिन दबाब


अन्नपूर्ण पोस्ट दैनिकका २८ जना श्रमजीवी पत्रकारले सामूहिक राजीनामा दिएका छन् ।

२०७८ देखि वैशाख ३ गते लागू हुनेगरी पोष्टमा कार्यरत २८ जना पत्रकारहरुले सामूहिक राजीनमा दिएका हुन् ।

१ वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकारले मंगलबार राजीनामा दिएका छन् ।

पत्रिका बन्द गर्न लागिएकाले राजीनामाका लागि व्यवस्थापन पक्षले दबाब दिएको भन्दै विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, कृष्णप्रसाद रिमालसहित २८ जनाले सम्पादक अखण्ड भण्डारीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

उनीहरूले लकडाउनका बेलादेखि बाँकी पारिश्रमिक दिन पनि माग गरेका छन् । पत्रिका बन्द हुने भन्दै सम्पादक अखण्ड भण्डारी र कम्पनीका सिइयो मानस घिमिरेले राजीनामा दिन दबाब दिएको पत्रकारहरुको राजीनामा पत्रमा भनिएको छ ।

पत्रकारहरुले आफूले पाउने सम्पूर्ण सुविधा उपलब्ध गराइदिन अनुरोधसमेत गरेका छन् ।

पत्रिका बन्द हुने विषयमा कम्पनीका अध्यक्ष क्पाप्टेन रामेश्वर थापाले पत्रकारहरुलाई सम्बोधन गर्ने आश्वासन सम्पादक भण्डारीले दिएपनि अहिलेसम्म त्यो हुन नसकेकाले राजीनामा दिएको पत्रकारहरुले दिएको राजीनामा पत्रका उल्लेख छ ।

अन्नपूर्ण पोस्ट बन्द गर्न लागिए भन्दै २८ पत्रकारले दिए सामूहिक राजीनामा
अन्नपूर्ण पोस्ट बन्द गर्न लागिए भन्दै २८ पत्रकारले दिए सामूहिक राजीनामा

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्