Logo

गुटगत गतिविधि नगर्न नेपाल र झलनाथ पक्षलाई चे’तावनी : अध्यक्ष केपी ओली


प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि नगर्न माधव कुमार नेपाल र झलनाथ पक्षलाई चे’तावनी दिनुभएको छ ।

मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अरा’जकता, अनुशासनही’नता विधि विधानवि’परित, पार्टी एकता वि’रोधी कुरा मान्य नहुने चेतावनी दिँदै गुटगत गतिविधि गर्नेलाई अनुशासनको का’रवाही गर्ने चेतावनी दिनुभयो ।

नेपाल समूहले बालुवाटारको चियापान गरेको भन्दै ओलीले यो राम्रो लक्षण नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी पूर्व अवस्थामा फर्के पनि केही मानिस गुटगत भेला गरिरहेको भन्दै आपत्ति जनाउनुभयो ।

गुटगत भेला गरेर फेरि तमासा बनाउने, जगहसाइँ गर्ने, सञ्चार माध्यमलाई बिजनेस दिने, फलानो ठाउँमा फलानो गुट भनेर समाचारहरु दिने काम नगर्न ओलीले आग्रह गर्नुभयो ।

सभ्य समाजका लागि एकताबद्ध, अनुशासित, गतिशील पार्टी चाहिने भन्दै आफ्नो स्वार्थका लागि मनपरी गरेर हिँडन नपाइने ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेकपा हुँदा एक ढंगले पार्टीले फुटाइएको आरोप पनि लगाउनुभयो ।

त्यस्तै उहाले संसदलाई चल्न नदिइएको र स्वार्थका लागि ब’न्धक बनाइएको उल्लेख गर्नुभयो ।

चियापानमा एमालेका ओली निकट नेता कार्यकर्ताको सहभागी थियो भने खनाल र नेपाल पक्षले भने बहिष्कार गरेको थियो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्