भाई किराती

नेपाली समाजलाई अहिले यत्ति अन्योलग्र’स्त परिवेशले ढाकेको छ । यहाँ ब्राह्मणवादको नयाँ प्रयोग भएको छ कि सतही रूपमा हेर्दा २०७५ साल अघिको परिस्थिति जस्तो अर्थात राजनीतिक दलको रूपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र देखिन आयो । तर सारमा भने त्यस्तो होइन । प्रष्ट के देख्न सकिन्छ भने यो ब्राह्मणवादकै नयाँ रणनीतिक कार्यक्रम अन्तर्गतको हतास निर्णय हो ।

बदलिँदो विश्व परिवेशमा, एकाधिकार पुँजीवादको पतन नजिकिँदै गर्दा विभिन्न प्रकृतिका राजनीतिक घ’टनाहरु हुनु कुनै नौलो विषय भने होइन । एउटा कालखण्डमा पुँजीवादको बिकास भयो त्यसले आफ्नो भूमिका पूरा गरिसकेको छ । अब समाजको बिकास क्रम नयाँ उचाइमा पुगिसकेको हुनाले त्यसले समाजको महत्वकांक्षालाई पूरा गर्न सक्दैन । यसर्थ त्यसको बिनास निश्चित छ । किनभने जन्म ( मृत्युकै लागि हुन्छ । जन्म र मृत्यु एकैसाथ हुँदैन, अघिपछि हुन्छ । ब्यवहारिक जीवनमा पनि हामी प्रष्ट देख्न सक्छौं कि कतिपय मृत्यु (जन्म अघि नै हुन्छ त्यस्तो वस्तुलाई जन्माउनुको अधिक पिडा हुँदाहुँदै पनि तत्काल लगेर खाल्डोमा पुर्ने बाहेक अरु केही गर्न सकिँदैन । यद्यपि जीवन बुझ्नको लागि जगतमा चरण गर्नु मानवको पहिलो सर्त हो ।

तसर्थ जन्मपछिको मृत्यु नै सत्य र शाश्वत छ । जीवनको अवधि अथवा आयु छोटो वा लामो हुनु अलग प्रसंग मात्र हो । गाउँ समाजमा उत्पन्न भएको झैझ’गडा मिलाउँदा पाकाहरुले भन्ने गरेका थिए कि (“किन जन्म्यो मर्नुलाई, किन बाझ्यो मिल्नुलाई ।”  यो सामान्य उखान जस्तो लागे तापनि यसमा द्वन्द्वात्मक धारणा स्पष्ट छ । मालेमावादी दृष्टिकोण अर्थात बैज्ञानिक विश्लेषण अनुसार पनि “पुरानो वस्तुको ठाउँ ओगट्दै नयाँ वस्तु अस्तित्वमा आउँछ ।”  तर अध्यात्मवादको अनुसार भने ‘पुरानो पुरानै हो, नयाँ केही होइन” भन्ने बालजिद्दी प्रस्तुत गर्दछ । अर्थात पुरानोबाट नै पुग्दो प्राप्त गरिएको छ, नयाँबाट केही अपेक्षा गर्नु छैन, वा नयाँ वस्तु भनेको पुरानोबाट उत्पादित सामान्य प्रक्रिया मात्र हो भन्ने मान्दछ, त्यो स्वभाविक वस्तुको बिकासक्रम हो भन्ने मान्दैन । यहाँ हरेक कोणबाट हेर्दा पनि पुरानोको ठाउँमा नयाँ अस्तित्वमा आएकै छ र आउँनै पर्छ । तब मात्र पुरानोको बिँडो थाम्न सम्भव हुन्छ । जसलाई वस्तुको बिकास भनिन्छ । यदि त्यसो भएन भने त्यो पारिस्थितिक प्रणाली (Ecosystem) होइन ।

तसर्थ ऋशी कट्टेलको पार्टी सुरक्षीत रह्यो भने गैरनश्लको गोपाल किराती नेतृत्वमा दर्ता भएको नेकपा माओवादी केन्द्रलाई खारेज गरेर पुष्पकमल दाहालकै नेतृत्वमा नेकपा माओवादी केन्द्र कायम गरिदिनु भनेको नश्लीय ब्राह्मणवादको ष’ड्यन्त्र बाहेक अरु के नै हुनसक्छ ? नेपाली समाजमा ब्राह्मणवाद फेरि पनि देखापरेको छ । यसर्थ अबको नेपाली क्रान्तिमा झनै ठूलो क्ष’ति पुग्ने निश्चित छ । 

नेपाली समाजमा जब हिन्दु दर्शनले जरागाड्यो त्यहीँदेखि यता ब्राह्मणवादको बिकास भयो । किनभने त्यसको मुल का’ण्ड हिन्दु दर्शन नै हो । कालान्तरमा ब्राह्मणवाद ( आम रूपमा फैलिएर गयो । खासमा यो न’श्लीय चिन्तनमा आधारित छ । जसले हिन्दु दर्शनलाई मुलसत्ता मान्दैन त्यो उसको प्रमुख दु’श्मन ठहर्नेगर्छ । कम्युनिस्ट सिद्धान्तले सबै अध्यात्मवादी सत्तालाई खारेज गरि बैज्ञानिक बिधिलाई संस्थागत गर्दछ । त्यसकारण नेपालमा कम्युनिस्ट आ’न्दोलन सफल हुनसकेको छैन । सत्ता स्वार्थको खातिर हरेक क्षेत्रमा घुसपैठ गरेर साम, दाम, द्व’न्द, भेद प्रयोग गरि छेदन गर्नु नै ब्राह्मणवादको मुल विशेषता हो । नेपाली समाजमा जनआन्दोलन साथै विभिन्न आ’न्दोलनहरु खासमा मालेमाको सैद्धान्तिक आधारमा सञ्चालित जनयुद्धको बिकाससँगै ब्राह्मणवादमा पनि केही बैकल्पिक मार्गको खोजी गर्नेहरु र यथास्थितिवादी गरि दुईध्रुवमा बिभाजन हुन पुगेकै हो । त्यसयता त्यो पनि धराशायी मात्र होइन निष्क्रिय अवस्थाबाट गुज्रिदै थियो । विगत केही वर्षदेखि अर्थात कम्युनिस्ट पार्टीहरु एकठाउँ पार्ने बहानामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भयो । त्यो एकता खासमा ब्राह्मणवादको नयाँ बैकल्पिक स्वास प्रस्वासको प्रयोग थियो । त्यो दुवै पक्षको सहमतिका साथ आ-आफ्नै स्वार्थमा निहित थियो । तर ती स्वार्थहरु पूरा हुन नसकेपछि त्यो एकता अन्ततः फुटमा बदलियो । फुटसम्मको घटनाक्रमलाई लिँदा एकता ब्राह्मणवादी सत्ताको आधारमा थियो र फुट पनि ब्राह्मणवादबाटै निर्देशित छ ।

हामी स्पष्ट के देख्न सक्छौँ भने जुन एकताले त्यस्तो वातावरण निर्माण गर्‍यो । नेकपा एमालेले – “एमाले” र नेकपा माओवादी केन्द्रले – “माओवादी केन्द्र” त्याग्नुपर्ने वाध्यता आयो र दुवैले त्यसैलाई स्वीकार्नुको कुनै बिकल्प थिएन । किनभने एकथरीले सनातनी ब्राह्मणवादको रक्षा चाहेका थिए भने अर्कोथरी परिस्कृत ब्राह्मणवादको खोजी गर्ने पक्षका थिए । तसर्थ दुवै पक्षले साझा मञ्च मात्र चाहेका थिए त्यो मञ्च “नेकपा” भन्दा अरु कुनै पनि उपयुक्त थिएन । त्यसैले पार्टीको नाम नेकपा रहन पुगेको हो । त्यहाँ भित्र पनि हामीले राम्रैसँग देख्न सक्छौं कि पुरानोले आफ्नो अडान नछाड्ने, नयाँले पनि आफ्नो अडान नछाड्ने भएपछि दुवै पक्षको ढोकाहरु सबै बन्द भए । यसर्थ अब फुट्नुको कुनै विकल्प रहेन । फेरि फुट्दा पनि दुवै पक्षलाई नैतिक सं’कट आइपर्नेछ । यस अर्थमा प्रतिनिधिसभा विघटनको नाटक मञ्चन गरिएको थियो । त्यही कारणले प्रतिनिधिसभाको विघटन र पुनर्स्थापना भएको प्रति सबै जानकार नै छौँ । फेरि त्यसभित्र अझै चर्को अंतर्वि’रोध चर्काइयो र कुनै एउटा निश्चित पात्रको रूपमा सर्वोच्च अदालतलाई उभ्याएर दुवै पक्ष पार्टी एकता भन्दा अधिको स्थितिमा पुगेको फैसला गराइयो । किनकि निर्वाचन आयोगमा नेकपा दर्ता हुँदाहुँदै फेरि नेकपा एमाले पनि दर्ता भयो । भने नेकपा बने लगत्तै पुनर्गठित नेकपा माओवादी केन्द्र, गोपाल किरातीको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको थियो । नेकपा बन्नु भन्दा अधि पनि एमाले र माओवादी दुवै पार्टीहरु निर्वाचन आयोगमा दर्ता थियो । फेरि यता नेकपा बनेर पनि निर्वाचन आयोगमा दर्ता भै नेकपा नामबाट चुनावमा  भाग लिएर जनमत पनि प्राप्त गरेकै हो । त्यसबेला नेकपा ऋशी कट्टेलको नाममा दर्ता भएको कुरा प्रति सर्वोच्च अ’दालत किन मौन रह्यो ? कुरा सिधा छ कि जुनबेला ब्राह्मणवाद निष्क्रिय थियो ।

निष्कर्षमा :-
नेपालको तत्कालीन राजनीतिक अस्थिरता – ब्राह्मणवादकै  षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्वत: स्पष्ट छ । जस्तैः नेकपा भित्र अंतर्वि’रोध चरम उत्कर्षमा पुगेपछि नेकपा र त्यसको चुनाव चिन्ह कस्को पकडमा हुने भन्ने विषयलाई प्रधान बनाइयो । ऋशी कट्टेललाई सुर्‍याइयो उनी पनि के कम जुरुक्क उठ्यो अनि नेकपा नामको पार्टी पहिल्यै मैले दर्ता गरिसकेको हुँ भन्ने दावी गर्‍यो । त्यसपछि शासक मण्डलको लागि फलामे गेट सहजै खोलियो । र नेकपा नामको पार्टी ऋशी कट्टेलको भएको, केपी ओली र पुष्पकमल दाहालको पार्टी चाहिँ नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै भएको फैसला भयो । अब यहाँनेर रमाइलो लाग्ने प्रसंग पनि रहेको छ । जुन फैसलामा यदि तिनीहरुले चाहेको भए र यदि पुष्पकमल दाहालको ठाउँमा पुष्पकमल थारु वा तामाङ हुन्थ्यो भने त्यो समुहलाई घर न घाटको बनाउन सक्थे । किनभने नेकपा एमाले केपी ओलीको नेतृत्वमा दर्ता गरेका थिए । उता नेकपा माओवादी केन्द्र गोपाल किरातीको नेतृत्वमा दर्ता भएको थियो । भने यता पुष्पकमल दाहालको नेतृत्वमा कुनै पार्टी दर्ता थिएन । त्यस्तो परिस्थितिमा ब्राह्मणवाद पुनः निर्णायक बनेर आयो । र नश्लीय साख बचाउन सफल भएको छ । कि यस कार्यतालिका बमोजिम ऋशी कट्टेल नस्ल भित्र पर्छन् तर गोपाल किराती गैरनश्लमा पर्छन् । तसर्थ ऋशी कट्टेलको पार्टी सुरक्षीत रह्यो भने गैरनश्लको गोपाल किराती नेतृत्वमा दर्ता भएको नेकपा माओवादी केन्द्रलाई खारेज गरेर पुष्पकमल दाहालकै नेतृत्वमा नेकपा माओवादी केन्द्र कायम गरिदिनु भनेको नश्लीय ब्राह्मणवादको ष’ड्यन्त्र बाहेक अरु के नै हुनसक्छ ? नेपाली समाजमा ब्राह्मणवाद फेरि पनि देखापरेको छ । यसर्थ अबको नेपाली क्रान्तिमा झनै ठूलो क्ष’ति पुग्ने निश्चित छ ।