Logo

ग्रामी अवार्ड २०२१ मा ३ गायिकाले पुरानो रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्डसहित इतिहास रच्न सफल


ग्रामी अवार्ड २०२१ सम्पन्न भएको छ । हालै सम्पन्न ६३औं ग्रामीमा गायिका टेलर स्विफ्ट, बियोन्से र मेगन थी स्टेलियनले इतिहास रचेका छन् ।

यी तीन गायिकाहरूले आफ्नो पुरानो रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्डसहित इतिहास रच्न सफल बनेका हुन् ।

३१ वर्षीय टेलरले ‘उत्कृष्ट एल्बम’को अवार्ड प्राप्त गर्दै, तीनपटक ‘उत्कृष्ट एल्बम’को अवार्ड प्राप्त गर्ने महिला गायिकाको रेकर्ड बनाएकी छिन् ।

गायिका टेलरको ‘फोल्कलोर’ नामक एल्बमले उत्कृष्ट एल्बमको अवार्ड जितेको हो । यसअघि उनको ‘फिइरलेस’ र ‘१९८९’ एल्बमले यहि अवार्ड जित्न सफल भइसकेको छ ।

यस्तै ३९ वर्षीया गायिका बियोन्सेले २८ पटक अवार्ड जित्दै सबैभन्दा धेरै ग्रामी अवार्ड जित्ने गायिका बनेकी हुन् ।

उनले गायिका एलिसन क्राउसको रेकर्ड तोडेकी छिन् । यसपटकको ग्रामीमा उनले तीन विधामा अवार्ड पाएकी हुन् ।

‘ब्लायक परेड’ का लागि उत्कृष्ट आर एन्ड बी पर्फोमेन्स, ‘ब्राउन स्किन गर्ल’ बाट उत्कृष्ट म्युजिक भिडियो र ‘सेवेज’ बाट उत्कृष्ट र्‍याप पर्फमेन्सको अवार्ड जितेकी हुन् ।

यसका साथै गायिका मेगन थी स्टेलियनले पनि रेकर्ड बनाउन सफल बनेकी छिन् ।

उत्कृष्ट र्‍याप गीतसहित तीन विधामा अवार्ड जितेर प्रथम महिला र्‍यापर बनेकी छिन् ।

यस वर्षको ग्रामी अवार्डमा गायिका बियोन्सेलाई सबैभन्दा धेरै नौ विधामा नोमिनेसन मिलेको थियो ।

यस वर्षको ग्रामी अवार्ड १४ मार्चमा लस एन्जलसस्थित कन्भेन्सन सेन्टरमा आयोजना गरिएको थियो ।

एजेन्सी नवभारत टाइम्स

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्