Logo

चैत्र ४ र ५ गते आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीलाई आगामी बाटो देखाउने : योगेश भट्टराई


नेकपा एमालेका बरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलालाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

काठमाडौंमा सोमबार बसेको नेपाल र खनाल पक्षको बैठकले भेलालाई नरोक्ने भन्दै प्रभावकारी बनाउने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

चैत्र ४ र ५ गते आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीलाई आगामी बाटो देखाउने उहाले बताउनुभयो ।

भेलामा सहभागी कार्यकर्ताको सुझावका आधारमा अघि बढ्ने तयारी भएको उहाले बताउनुभयो ।

बैठकमा माधव नेपालले सोमबार बिहान केपी ओलीपक्षसंग भएको छलफलका बारेमा जानकारी गराउनुभएको नेता भट्टराईले जानकारी दिनुभयो ।

बैठकले ओलीको चियापानमा नजाने निर्णय गरेको बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्